तानसेन।पाल्पामा शनिबार थप ३ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार थपिएका सबै माथागढी गाउँपालिका भित्रका नागरिक हन् ।

योसंगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई हजार १४६ जना पुगेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

हाल जिल्लमा एक सय ३७ जना सक्रिय संक्रमित  रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जसमध्ये १० जना अस्पतालमा उपचाररत रहेको र एकसय २७ जना होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया