TRENDING :
  • भुबन रायमाझी

पाल्पा । रैनादेवी छहरा गाउँपालिका ४ अमलाबासका महिलाहरु ब्यावसायिक तरकारी खेतिबाट मनग्य आम्दानी गरिरहेका छन् । उनीहरुको बारी अहिले काउली सिमि र आलुका बोटले ढाकेको छ । बिहान देखी साँझसम्म घरयासी कामसगै ब्यावसायीक तरकारी खेती बाट बार्षिक एक डेढ लाख रुपैया कमाउन गाह्रो नभएको महिलाहरु बताउछन ।

महिलाहरु बारी उत्पादन भएको तरकारी आफैले डोकोमा राखेर बेच्न लाने गर्छन् । उनीहरुलाई यो सफलता पाउन गाउँमा गठन भएको महिला समुहले सिकाएको हो । आजभोली महिलाहरु तरकारी खेती बाट राम्रो आम्दानी गर्न सफल हुनुका साथै तरकारी पेसाबाट नै आत्मनिर्भर बन्दै जानुका साथै घरयासी तरकारी बजारसम्म लान थालेको सुन्तलाबास गाउकी सरसती पोखरेलको भनाई छ ।

पाल्पाको पश्चिम भेग रैनादेवी छहरा गाउँपालिकाभित्रका मुझुङ सोमादी छहरा र भुवनपोखरी लगायतका वडाहरुबाट नै लाखौ रुपैयाको तरकारी बजार जाने गरेको छ । महिलाहरुले गाउँमै समुह गठन गरि थोरै थोरै बचत गर्ने बानिको बिकास गरि सोही समुहबाट ऋण लिएर ब्यावसायीक तरकारी खेती र फलफुलबाट आम्दानी गरेका छन ।

आफुहरु यो पेसामा आबद्ध भए देखि सानोतिनो काममा श्रीमानसंग पैसा माग्न नपरेको सोही गाउकी साबित्रा कँडेलको भनाई छ । महिला किसानहरु कम लगानी सजीलो र सरल तरीकाबाट साझ बिहानको मिहनेतले मात्र तरकारी खेती गर्न सकिने भएकोले यो खेतीतिर आर्कषित भएका हेन । पाल्पाको रिब्दीकोटको मैनादी,फेक रैनादेवी छहराको मुझुङ सोमादी सल्लेधारा मगाल लगाएतका स्थानमा ब्यावसायकि तरकारी खेति गर्ने किसान बढेका छन ।

तपाईको प्रतिक्रिया