
तानसेन । रामपुर नगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि नगरभित्र संचालन हुने सबै सवारीमा जोरबिजोर प्रणाली लागू गरेको छ ।
नगरपालिकाले सर्वपक्षिय वैठकबाट सनिबार राती १२ बजेदेखि अर्को सूचना नआएसम्मका लागि अत्यावश्यक सेवामा प्रयोग हुने सवारी बाहेक सार्वजविक तथा निजी सवारीमा जोरबिजोर प्रणाली सञ्चालन गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय रामपुर क्षेत्रमा समेत संक्रमित दिनानुदिन बढ्दै गएको र स्वास्थ्य मापदण्डको पालना नगरि मानिसहरु हिडडुल गर्ने क्रम समेत नरोकिएको हुँदा जोर विरजोर प्रणाली लागू गरिएको रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले बताए ।
यस्तै सरकारले तोकेका सबै स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न, मास्क नलगाएको व्यक्तिबाट एक सय रुपिया जरिवाना लिने लगायतका निर्णय समेत गरेको नगरप्रमुख थापाले बताए ।
रामपुर नगर भित्र सञ्चालनमा रहेका विद्यालयहरुमा स्वास्थ्य मापडण्द पालना गराई १२ गते देखि परीक्षा सञ्चालन गर्ने र अर्को सुचना नहुन्जेल सम्मको लागि विद्यालय क्षेत्र बन्द तथा नगर भित्रका प्रवेश विन्दुहरुमा हेल्थ डेक्स स्थापना गर्ने र स्वास्थ्य चौकीहरुमा ५ वेडको आईसोलेशन तयार गर्ने, लगायतका निर्णय गरिएको छ ।
पछिल्लो समय रामपुरमा भारतको कुम्भ मेलाबाट फकिएएका १० जनासहित २१ जना सक्रिय संक्रमित रहेको हुँदा पनि स्वाथ्य मापदण्डमा कडाई गरिएको रामपुर नगरपालिकाले जनाएको छ ।