पाल्पामा दोस्रो चरणको खोप अभियानमा ४ हजारबढी सहभागी, छुटेकाले १३ गते लगाउने !

तानसेन । पाल्पामा कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तरगत ४ हजार बढीले खोप लगाएका छन् ।

जिल्लाका विभिन्न १३ खोप केन्द्रबाट संचालन भएको खोप अभियानमा पहिलो प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सरसफाईकर्मी, संचारकर्मी तथा निजामती कर्मचारी र जनप्रतिनिधिहरुले खोप लागाएका हुन ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पहिलो खोप लगाएका मध्ये ९१.३२ प्रतिशनले मात्रै खोप लगाएका छन् ।

पाच दिनसम्म संचालन भएको दोस्रो चरणको खोप अभियानमा छुटेका व्यक्तिलाई भने १३ गते खोप लगाउने व्यवस्था मिलाईएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप कार्यक्रम गत माघ १५ गतेदेखि २४ गतेसम्म र फागुनमा २ गतेदेखी ११ गतेसम्म संचालन भएको थियो ।

जसमा सहभागी भएकमध्ये ३ सय ९६ जनाले खोप लगाउन छुटेको हुँदा एकदिन समय थपिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा कूल चार हजार १६६ जनाले दोस्रो चरणको लगाईसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया