
तानसेन । पाल्पाको रामपुर नगरपालिले नगरभित्रका सबै विद्यालयमा संचालन भएका परीक्षा तथा पठनपाठन बन्द गरेको छ ।
सोमबार बसेको नगर शिक्षा समितिको आकस्मिक बैठकले अर्को सूचना नआएसम्मका लागि भौतिक रुपमा उपस्थित भएर पठनपाठन हुने सबैै विद्यालय बन्द गर्ने निर्णय गरेको नगर शिक्षा समितिका सदस्य सचिव विकल काफ्लेले जानकारी दिए ।
सीएमसीले हिजो गरेको निर्णय अनुसार विद्यालय बन्द गरि भर्चुअल माध्ययमबाट पठनपाठनलाई संचालन गर्न समेत नगर शिक्षा समितिले सबै विद्यालयलाई निर्देशन दिएको छ ।
केहीदिन अघि मात्रै रामपुरको एक विद्यालयका प्रअसहित ८ जना शिक्षकमा समेत कोरोना देखिएको हुँदा संक्रमण फैलिन सक्ने जोखिम कायमै रहेकाे स्थानीयले बताउदै अाएका छन्र ।