पाल्पामा ४ हजार २५६ जनाले लगाए कोरोना विरुद्धको खोप

तानसेन । पाल्पामा कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तरगत ४ हजार बढीले खोप लगाएका छन् ।

जिल्लाका विभिन्न १३ खोप केन्द्रबाट संचालन भएको खोप अभियानमा पहिलो प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सरसफाईकर्मी, संचारकर्मी तथा निजामती कर्मचारी, जनप्रतिनिधि तथा जेष्ठ नागरिकले गरि कुल ४ हजार २५६ जनाले कोरोना विरुद्धको खोपको दाेस्राे डोज पुरा गरेका छन् ।

६ दिनसम्म संचालन भएको दोस्रो चरणको खोप अभियानमा केही कर्मचारी सरुवा भएर बाहिरी जिल्लामा भएको हुँदा सहभागी हुन नसकेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप कार्यक्रम गत माघ १५ गतेदेखि २४ गतेसम्म र फागुनमा २ गतेदेखी ११ गतेसम्म संचालन भएको थियो ।

जिल्लाभरबाट कूल चार हजार २५६ जनाले दोस्रो चरणको लगाएसंगै आजबाट दोस्रो चरणको खोप अभियान औपचारिक रुपमा समापन भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया