पाल्पामा थप ५० जनामा कोराना पुष्टि !

तानसेन । पाल्पामा थप ५० जनामा कोरोना पुष्टि भएको छ ।

बुधबार जिल्लाका विभिन्न स्थानका गरि १२६ जनाको पिसिआर परीक्षण गर्दा थप ५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

थपिएका संक्रमितहरुमा सबैभन्दा धेरै रैनादेवी छहरा गाउँपालिकाका ३० जना रहेका छन् ।

यस्तै नयाँ थपिएका संक्रमितसंगै जिल्लामा २४८ जना सक्रिय संक्रमित पुगेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । जसमध्ये १९ जना विभिन्न अस्पतालमा उपचाररत रहेको र बाँकी २२९ जना होम आइसोलेसनमा बस्दै आएको सूचना अधिकारी पन्थीले बताए ।

 

पछिल्लो समय भारतबाट भित्रिने नागरिकको संख्यामा वृद्धि हुँदा संक्रमितहरु समेत बढ्ने क्रम उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया