तानसेन । पाल्पामा आजदेखी २४ गतेसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।
शुक्रबार राति १२ बजेदिखि निषेधाज्ञा जारी भएकामा हाल जिल्ला सदरमुकाम तानसेनसंगै ठूला बजारहरु सुनसान भएका छन् ।
निषेधाज्ञामा अत्यावश्यक बाहेकका सवारी नचल्ने भएपनि केही सर्वसाधारण हिडेरै गन्तव्यमा पुग्ने गरेका छन् ।
निषेधाज्ञा अवधीमा एम्बुलेन्स, बिरामी बोक्ने सवारी, शान्ती सुरक्षा, प्रेस, खानेपानी, दुधजन्य पदार्थ, डिजल पेट्रोल बोक्ने सवारी बाहेक अन्य सवारीसाधन चलेका छैनन् ।
अहिले विवाहका सवारी पनि केही मात्रामा चलेको भए पनि स्वास्थ्य मापदण्डको पालना नगरि प्रयोगमा संचालनमा आउने सवारीलाई समेत कारबाही गर्ने तयारी स्थानीय प्रशासनले गरको छ ।
यता सिदार्थ राजमार्गमा भने गुल्मी, स्याङ्जा लगायतका जिल्लाबाट संचालनमा रहने सवारी चलेक छन् ।
सिदार्थ राजमार्ग र पाल्पा प्रवेश नाका दोभानमा प्रहरीले चेकजाचमा कडाइ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
खाद्यान्न , तरकारी होटल तथा रेष्टुरेन्ट लगायतका फलफूल पसलहरु बिहान ७ बजेदेखि १० सम्म मात्र संचालन गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
अन्य निर्णयहरु यसप्रकार छन् ।