
तानसेन । पाल्पामा चट्याङ्ग लागेर एक जनाको ज्यानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तिनाउ गाउँपालिका वडा नं.१ कचलस्थित मुहान टोलका प्रेम बहादुर बगालेको मृत्यु भएको जिल्ला प्रहहरी कार्यालय पाल्पाले जनाएको छ ।
गएराती तिनाउ गाउँपालिकाको कचलमा कर्ण बहादुर उचईको घरमा परेको चट्याङले लागेर घाईते भएका बगालेलाई उपचारका लागि अस्पताल पर्याउदा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पामा सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिए ।
यस्तै चट्याङ लागेर थप दुईजना घाईते भएक छन् । घाईते हुनेमा तिनाउ १ की १५ वर्षीय ईन्दिरा उचई र रैनादेवी छहरा गाउापालिका ४ घर भई हाल तिनाउको कचलमा बस्दै आएका १९ वर्षीय रामु गाहा रहेको सूचना अधिकारी पचयौंयाले बताए ।
घाईतेहरुको अवस्था मध्ययम रहेका प्रहरीले जनाएको छ ।