
पाल्पा । पाल्पामा आइतबार थप एक जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको रम्भा गाउँपालिका–३, पीपलडाँडाका ७८ वर्षीय पुरुषको बेलुकी सवा ४ बजे मृत्यु भएको हो ।
तानसेनस्थित मिसन अस्पतालमा उपचाररत ती पुरुषको तीन दिनअघि एनटीजिन परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी पन्थीले बताए ।
यो सँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ ।