काठमाडौं – लोकप्रिय हाँस्य टेलिसिरियल ‘सक्किगोनि’का ‘काकु’ अर्थात कलाकार दिपक आचार्य कोरोना संक्रमित भएका छन् ।

गत बुधबार ‘सक्किगोनि’को सुटिङबाट फर्किएलगत्तै जिउ दुख्ने र ज्वरो आउने समस्या देखिएको र सो समस्या बढ्दै गएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको दीपकले बताएका छन् । अहिले उनि होम आइसोलेसनमा रहेका छन् ।

आफू श्रीमतीको रेखदेखमा रहेको र मनोबल उच्च रहेको दीपकले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले केही दिनयता आफूसँग प्रत्येक्ष सम्पर्कमा रहेकाहरुलाई कोरोना परीक्षण गराई सुरक्षित रहन समेत आग्रह गरेका छन् । त्यस्तै उनले सरकारको मात्र भर नपर्न पनि सम्पूर्णमा आग्रह गरेका छन् ।

पछिल्लो समय एकपछि अर्को कलाकारहरु पनि संक्रमित हुन थालेका छन् । दोस्रो लहरको कोरोना संक्रमण बढेसंगै बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, अभिनेत्री केकी अधिकारी, शिल्पा मास्के, गायक तथा अभिनेता प्रकाश सपूत, देबेन्द्र बब्लु, गायक राजु ढकाल लगायतका कलाकारहरु कोरोना संक्रमित भएका छन् ।

जसमध्ये मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी संक्रमणमुक्त भईसकेको छन् भने अन्य कलाकारहरु होम आइसोलेसनमा बसिरहेका छन् ।

तपाईको प्रतिक्रिया