तानसेन । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले अग्रपंक्तिमा रही काम गर्ने पत्रकारहरुका लागि ५ बेडको आइसोलेशन तयार गर्ने भएको छ ।
महासंघको बुधबार बसेको भर्चुअल बैठकले जिल्लामा कृयाशिल पत्रकारलाई कोरोना संक्रमण भएमा उपचारका लागि तानसेनस्थित मेहल्धारामा रहेको आफ्नै भवनमा ५ बेडको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको हो ।
अक्सिजन सहितको आइसोलेसन निर्माण तथा व्यवस्थापनका लागि शाखा उपाध्यक्ष भरत शर्माको संयोजकत्वमा सचिव यज्ञमूर्ति तिमिल्सिना र कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपाने सदस्य रहने गरि उपसमिति गठन गरिएको शाखा अध्यक्ष रेखीराम रानाले जानकारी दिए ।
आइसोलेशन व्यवस्थापन तथा संचालनका लागि पाल्पा अस्पताल र स्थानीय तहहरुसंग स्वास्थ्यकर्मीको समेत समन्वय मिलाउने निर्णय सचिव त्रज्ञमूर्ती तिमिल्सिनाले बताए ।
बैठकले कोरोना जोखिम बढ्दै गइरहेकोले सुरक्षित भएर समाचार संकलन तथा सम्प्रेषणमा ध्यान दिन पत्रकारहरुलाई आग्रह गरेको छ ।
बैठकले महासंघका पूर्व कार्य समिति सदस्य हरि बहादुर बिकका पिता लोक बहादुर बिकको दुवै मृर्गौलाले काम गर्न नसक्ने भएकोले मर्गौला प्रत्यारोपणका लागि आर्थिक अभाव भएकोले महासंघको तर्फबाट ७ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।