तानसेन। पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
रम्भा गाउँपालिका वडा नंं ३ पिपलडाँडास्थित कालीगण्डकी करिडोरको जिरो किलोमिटरबाट पिपलडाँडा तर्फ ढुङ्गा लिएर आउदै गरेको लु ३ त ६८९९ नंं. को ट्याक्टर दुर्घटना हुदाँ बगनासकाली गाउँपालिका वडा नं.६ का २२ वर्षीय जीवन न्यौपानेको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा रम्भा गाउँपालिका वडा नं ३ का ४० वर्षीय हरी बस्याल घाईते भएको र उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए ।
ट्याक्टर सडक देखी करिव १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक फरार रहेको हुँदा खोजतलास कार्य जारी रहेको प्रहरीको भनाई छ ।