कसेनीकी २५ वर्षीया संक्रमित महिलाको अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु !

 तानसेन। पाल्पामा थप एकजना कोराना संक्रमितको मृत्यु भएको छ ।

आज विहान अस्पताल ल्याउदै गर्दा माथागढी गाउँपालिका वडा नं.३ कसेनीकी २५ वर्षीया महिलाको बाटोमै मृत्यु भएको हो ।

केही दिनअघि कोरोना संक्रमण देखिएर उपचार पश्चात हिजो घर गएकी महिलाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको  स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी अाेमप्रकाश पन्थीले  जानकारी दिए ।

योसंगै जिल्लामा ४४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा हाल ६ सय ३३ जना कोरोनाको संक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार हालसम्म सबैभन्दा धेरै एकैदिन बुधबार १४८ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया