आज ‘मातातिर्थ औशी’ सामाजिक सञ्जालमा आमाका तस्वीर!

काठमाडौँ – प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिन मनाईने मातातिर्थ औशी आज परेको छ ।

जन्मदिने आमालाई सम्मान गरी मनाइने यस पर्वलाई आमाको मुख हेर्ने दिन पनि भन्ने गरिन्छ । यस पर्षका अवसरमा आमालाई मीठा मीठा खानेकुरा खानेकुरा खुवाई उपहार दिई श्रद्धा भक्तिसाथ पर्व मनाउने चलन रहेको छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

तर यस वर्ष भने कोरोना महामारीका कारण धेरै छोराछोरीले आमालाई भेट्न पाएका छैनन । जसका कारण  टेलिफोन तथा भर्चुअल रुपमा सम्वाद गरेर आमा प्रति श्राद्धा व्यक्त गर्ने तथा आर्शिवाद लिने गरेका छ ।

पछिल्ला वर्षहरुमा आमाका तस्वीर र आमा प्रतिका भावनाहरु सामाजिक सञ्जालमा राख्ने प्रचलन समेत बढेको छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड  पुरोहितलाई सिदादान गरि, भोजन समेत गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नै पर्छ भनिएको छ ।

वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ ।

बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया