पाल्पामा मंगलबार मात्रै थप १६० जनामा कोरोना पुष्टि!

तानसेन । पाल्पामा थप १ सय ६० जनामा कोरोना सङ्ंक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको पिसिआर र ऐन्टिजेन परीक्षणमा एक सय १० पुरुष तथा ६० महिलामा संक्रमण पुष्टि भएको हो ।

योसंगै जिल्लामा हालसम्म तीन हजार ५६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थय कार्यालय पाल्पाका सूचना अधिकारी अाेम प्रकाश पन्थीले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको सूचना अधिकारी पन्थीले बताए । मृत्यु हुनेमा तानसेन नगरपालिका १ का ४९ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हाल जिल्लामा एक हजार ३५६ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै संक्रमितमध्य ५४ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय  पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया