माथागढी गाउँपालिकाले घरघरमै पुगेर निःशुल्क पिसिआर परीक्षण गर्ने

तानसेन । पाल्पाको माथागढी गाउँपालिकाले कोभिड–१९ संग मिल्दोजुल्दो लक्षण देखिएका ब्यक्तिहरुको निशुल्क परिक्षण गर्न सुरु गरेको छ ।

पालिकाले कोरोना संक्रमण सम्बन्धी कुनै लक्षण भएका व्यक्तिहरुलाई वडाका प्रतिनिधिमार्फत सम्पर्क गराएर परीक्षणको व्यवस्था मिलाएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले जानकारी दिए ।

पालिकाले संक्रमण रोकथामका लागि सबै नागरिकलाई ईमान्दारीताका होम आइसोलेशनमा बसालेर सुरक्षित रहन समेत आग्रह गरेको छ । पालिकाले कसैलाई ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, पखाला लाग्ने, स्वाद थाहा नपाउने लगायतको लक्षण देखिएमा तुरुन्तै पिसिआर परिक्षणको लागि सम्बन्धित वडाका स्वास्थ्य चौकी वा वडा कार्यालयले व्यवस्था गरेको स्वास्थ्य शाखा संयोजक केशब जि.सीले बताए ।

कोरोना महामारीका समयमा स्वास्थ्य नै ठूलो भएका कारण समस्या भएर अस्पताल लैजानु पर्ने भएमा सो को व्यवस्था समेत पालिकाकोले मिलाएको छ ।

पालिकाका स्वास्थ्यकर्मीको टोलीले संक्रमितको स्वास्थ्य जाँच गरी औषधी सहित आवश्यक परामर्श दिनका लागि घरघरमै जान थालेपछि स्थानीय पनि खुसी भएका छन् ।

पालिकाले पछिल्लो समय संक्रमित बढेको हुँदा अक्सिजन सहितको १५ बेडको कोभिड अस्पताल पनि बनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको