तानसेन । पाल्पामा आइतबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३७ जनाको पिसिआर परीक्षणका क्रममा १० पुरुष तथा ७ महिलामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो पटकको नतिजा लुम्बिनी मेडिकल कलेज तथा नेशनल प्याथल्याबकाे मात्रै रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।

संक्रमित मध्ये माथागढी गाउँपािलका भित्रका ४ जना, रामपुर नगरपालिकाका १ जना, पूर्वखोला ,रम्भा र रिब्दिकोट गाउँपालिकाका १।१ जना तथा तानसेन नगरभित्रका ९ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी पन्थीले बताए ।

थपिएका संक्रमितसंगै हालसम्म जिल्लामा सक्रिय संक्रमित संख्या एक हजार ४८४ पुगेको छ । जसमध्य अस्पतालमा ७९ जना उपचाररत छन । यस्तै अस्पतालको आइसोलेशनमा ७१ जना रहेका छन भने एक हजार ४०५ होम आइसोलेशनमा बस्दै आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७१ जनाले भने कोरोना जितेका छन् ।

तपाईको प्रतिक्रिया