पाल्पामा अस्पताल लादै गर्दा एक पुरुषसहित ३ जना संक्रमितको मृत्यु

तानसेन । पाल्पामा आइतबार मात्रै थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार दुईजना पाल्पाका तथा एकजना कपिलवस्तुका संक्रमितको मृत्यु भएको हो ।

आज बिहान रामपुर अस्पतालको आइसोलेशनमा उपचाररत रामपुर नगरपालिका ७ की ४६ वर्षीय महिलाको मृत्यु भएके स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओकप्रकाश पन्थीले बताए ।

्बैरशाख २३ गते कोरोना पुष्टि भएकी महिला २५ गतेदेखि स्वास्थ्यमा समस्या आएर अस्पतालको आइसोलेशनमा उपचार गराउदै आएको रामपुर अस्पतालले जनाएको छ ।

यस्तै माथागढी गाउँपालिका ८ का ६१ वर्षीय पुरुषको उपचारका लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमा मृत्यु भएको छ । आज बिहान स्वास्थ्यमा समस्या आएर सदरमुकामको अस्पतालमा ल्याउदै गर्दा उनको सिदार्थ राजमार्ग अन्तरगत खोरबारीमा मृत्यु भएको सूचना अधिकारी पन्थीले बताए ।

यस्तै लुम्बिनी मेडिकल कलेजको आइसोलशनमा उपचाररत कपिलवस्तुको बाणगंगा नगरपालिका ८ की ६६ वर्षीया महिलाको समेत आज मृत्यु भएको स्वास्थ्य कार्यालयल पाल्पाले जनाएको छ ।

पाल्पामा हालसम्म ६६ जना कोरोनाका संक्रमितले ज्यान गुमाईसकेका छन ।जसमध्य दोस्राे भेरिएन्ट आएपछि आधा दर्जनबढीले होम आइसोलेशनमा मात्रै ज्यान गुमाएको स्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ ।

तपाईको प्रतिक्रिया