पाल्पा। पशुपति शर्माको नयाँ गीत स्रोता तथा दर्शकले निकै रुचाएका छन् । पशुपति र सम्झना भण्डारीको स्वरमा रहेको गीत ‘सारंगी र्याइँ र्याइँ’लाई स्रोता एवं दर्शकले निकै रुचाएका हुन् । गीत सार्वजनिक भएको छोटो समयमै २० लाख भ्यूज पाउँदै ट्रेन्डिङ १ मा छ । टिकटकमा यो गीत भाइरल नै छ । यस गीतमा कयौंले टिकटक बनाएका छन् ।

यो गीत हास्य शैलीमा तयार पारिएको छ । गायक शर्माको शब्द तथा संगीत रहेको गीतको संगीत संयोजन सुनिल परियारले गरेका हुन् । गीतको भिडियोमा गायक शर्मा र मोडल करिश्मा ढकालको अभिनय छ । भिडियोमा कलाकारहरु हास्य शैलीमै प्रस्तुत छन् ।

पशुपतिले यसअघि केही मार्मिक गीतहरु सार्वजनिक गरेका थिए । तर, ति गीतले उलेख्य भ्यूज पाएका थिएनन् । हास्य व्यङ्ग्य खालका गीतलाई भने स्रोता दर्शकले रुचाउँदै आएका थिए ।

‘सारंगी र्याइँ र्याइँ’ बोलको गीतलाई स्रोता एवं दर्शकले रुचाएपछि पशुपति आफू हास्य व्यङग्य गीतमै ठिक रहेको बताएका छन् । उनले भने, ‘म हास्य–व्यङग्य गीतमै ठिक रहेछु । आउँदा दिनमा हास्य विधामै व्यगात्मक गीत सिर्जना गर्ने कोशिस गर्नेछु ।’ उनले गीतलाई मन पराएकोमा स्रोता तथा दर्शकलाई धन्यवाद दिए ।

प्रकाश भट्टको निर्देशन रहेको भिडियोलाई नबराज उप्रेतीले छायाँकन गरेका हुन् । भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका छन् ।

गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

तपाईको प्रतिक्रिया