काममान्डाैं । बुधबार मात्रै नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २४६ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च रहेकाे मन्त्रालयले जनाएकाे छ ।

यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो । पछिल्ला केही दीन यता मृतकाे संख्या घटेकाे भएपिन पुनः बढेकाे छ । परीक्षणकाे दायर बढेसंगै मृतककाे संख्यामा समेत वृद्धि भएको हो ।

यस्तै पछिल्लाे २४ घण्टामा पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७, ९८९ जना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया