पाल्पामा दुई संक्रमितको अस्पतालमा मृत्यु, मृतक संख्या ७३ पुग्यो

तानसेन ।पाल्पामा शुक्रबार थप दुई जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नं. ६ का ७२ वर्षीय पुरुष तथा माथागढी  गाउँपालिका वडा नं. २ की ६२ वार्षीया महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

दुवै संक्रमितको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।

७२ वर्षीय पुरुषको तानसेनस्थित युनाईटेड मिसन अस्पतालको आइसोलेशन तथा ६२ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी पन्थीले बताए ।

आज थप दुई जनाको मृत्य भएसंगै जिल्लामा हालसम्म ७३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया