पाल्पामा शुक्रबार १७४ जनाले कोरोना जिते, थप ५९ जनामा संक्रमण पुष्टि

तानसेन । पछिल्लो २४ घण्टामा पाल्पामा थप १७४ जना संक्रमितले कोरोना जितेका छन् ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ७३ जना महिला तथा १०१ जना पुरुष गरी १७४ जना संक्रमण मुक्त भएका हुन् । पछिल्लाे २४ घण्टामा  अस्पताल, स्थानीय तह तथा होम आइसोलेशनमा बसेका संक्रमितले कोरोना जितेकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ  ।

यस्तै शुक्रबार मात्रै जिल्लामा  थप ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।

एन्टिजेन र पिसिआर विधिबाट गरिएको परीक्षणमा १८ महिला तथा ४१ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कायालर्यले जनाएको छ । थपिएका संक्रमित र निको हुनेको तथ्यांक अनुसार हाल जिल्लामा एक हजार ४९९ जना सक्रिय संक्रमित रहेका छन् ।

जसमध्य ७५ जना अस्पतालमा उपचाररत रहेका छन् । यस्तै ६७ जना स्थानीय तहले निर्माण गरेको आइसोलेशन तथा एक हजार ४२४ होम आइसोलेशनमा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया