पाल्पामा आइतबार १३३ जनाले कोरोना जिते, थप ९५ जनामा संक्रमण

तानसेन । पाल्पामा पछिल्लो २४ घण्टामा थप १३३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ४० जना महिला तथा ९३ जना पुरुषले संक्रमण जितेका हुन् ।

योसंगै जिल्लामा हालसम्म ३ हजार ४८८ जनाले संक्रमण मुक्त हुन सफल भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा ९५ जनामा संक्रमण पुष्टि भएको छ । पिसिआर तथा ऐन्टिजेन विधिबाट गरिएको परीक्षणका क्रममा ४१ पुरुष तथा ५४ जना महिलामा संक्रमण पुष्टि भएको सूचना अधिकारी पन्थीले बताए ।

हाल जिल्लामा एक हजार ४२० जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

सक्रिय संक्रमित मध्य ८७ जना अस्पतालको आइसोलेशन, ७८ जना स्थानीय तहका आइसोलेशन तथा १३३३ जना होम आइसोलेशनमा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया