पाल्पामा छोरीलाई करणी गर्ने ३१ वर्षीय पुरुष पक्राउ

तानसेन । जिल्ला प्रहरी कार्यालय पाल्पाले जबरजस्ती करणी गरेको आरोपमा एकजना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका अन्तरगतका ३१ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ ।

आफ्नै ८ वर्षीय छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा उनलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

बुधबार छोरीलाई आफ्नै घरमा जवरजस्ती करणी गरेको जाहेरी दरखास्त प्राप्त भएपनि निजलाई पक्राउ गरिएको सूचना अधिकारी त्वातीले बताए ।

निजलाई अदालतबाट म्याद थप जवरजस्ती करणी अभियोगमा मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया