
पाल्पा । पाल्पामा कोरोना भाइरसको दोस्रो लहरमा गतवर्ष भन्दा दोब्बरबढीले ज्यान गुमाएका छन् । पहिलो भेरिएन्ट भन्दा दोस्रो भेरिएन्टले छिटो स्वास्थ्य समस्या ल्याउने हुँदा धेरैले ज्यान गुमाएको विज्ञहरुले बताएका छन् ।
७७ सालको जेठदेखि चैत्र मसान्तसम्म ३८ जनाले ज्यान गुमाएको तथ्यांक स्वास्थ्य कार्यालको छ । तर दोस्रो लहर सुरु भएयता भने मृत्युदर उच्च गतिमा वृद्धि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।
दोस्रो लहरको सुरुवाती चरणमा संक्रमण उच्च गतिमा फैलिएसंगै गाउँगाउँमा संक्रमण बढेको थियो सोही कारण मृत्युदरमा मेत वृद्धि भएको हो । बैशाख र जेठ महिनामा मात्रै ५० बढी संक्रमितले ज्यान गुमाइसकेका सूचना अधिकारी पन्थीले बताए ।
तराईसंगको सिधा सम्पर्क हुने जिल्ला भएका कारण पनि लुम्बिनी प्रदेशमै धैरै संक्रमित भएको पिहाडी जिल्ला पाल्पा भएको छ । तर पछिल्लो केही दिन यता भने संक्रमण घट्दो क्रममा देखिएको छ।
स्थानीय तहमा समेत अक्सिजनसहितको आइसोलेशन कक्ष र उपचार सुविधाहरूको व्यवस्था भएसँगै मृत्यु दर घटेको हो।
देशभर महामारी फैलिएसंगै निषेधाज्ञा र नागरिकहरूमा बढेको चेतनाको कारण संक्रमण घट्दो क्रममा देखिएको विज्ञहरुको भनाई छ। अहिले स्थानिय तह कोरोना नियन्त्रण र न्युनिकरणको लागि प्रयासरत छन्।
स्थानिय तहमा चेतना अभिवृद्धिसंगै उपचार र अन्य व्यवस्थापनमा केन्द्रित रहेको छ। जुन केही हदसम्म प्रभावकारी देखिएको छ।
तर अझै पनि गाउँ गाउँका नागरिकको नमुना परीक्षण र स्वास्थ्य मापदण्डको पालनामा ध्यान दिन नसक्ने हो भने संक्रमण पुनः बढ्न सक्ने चुनौती कायमै छ ।