प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् हेरफेर

तीन उपप्रधानमन्त्री, चार मन्त्री पुरानौ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफे गरेका छन् ।

शुक्रबार नवनियुक्त मन्त्रीहरुले शुक्रबार शपथ लिएका छन् । अहिले प्रधानमन्त्रीसँग सात मन्त्रालय रहेका छन् । यसबाहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ कायमै रहेका छन् ।

पौडेलसहित परराष्ट्र मन्त्रालयकोसमेत जिम्मेवारी दिएर रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाइएको छ । जसपाबाट सरकारको नेतृत्व गर्नुभएका राजेन्द्र महतोलाई उपप्रधान र सहरी विकास मन्त्री बनाइएको छ ।

प्रधानमन्त्रीले वलीले शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, जसपाबाट महतो उपप्रधानमन्त्रीसहित सहरी विकास, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अनिलकुमार झा खानेपानी मन्त्रालय, लक्षणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था मन्त्री बनाएका छन् ।

विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, एकवाल मियाँलाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

 

रेनुका गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक र चन्द्रकान्त चौधरीलाई उर्जा तथा जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको  जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया