तानसेन । लुम्बिनी प्रदेश सरकारले निर्माण सुरु गरेको श्रीनगर सास्कृतिक डबली निर्माणको काम निषेधाज्ञाकै बीचमा संचालनमा रहेको छ ।
प्रदेश सरकारले एक जिल्ला एक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ सुरु गरेको डबलीको निषेधाज्ञाका बीचमा समेत काम गरेर हाल ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । पाल्पाको बतासे डाडाँमा निर्माणाधीन डबलीको अधिकांश निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।
गत वर्षको लकडाउनमा कामदार अभावले केही असर गरेको थियो निर्माण कम्पनी प्रतिनिधि दीपक पालले भने, -‘पोहोर साल पनि आधाभन्दा थोरै जाशक्ति प्रयोग गरेका काम अघि बढाईयो अहिले पनि काम गर्ने केटाहर घर गएका छन, गुल्मीबाट केही कामदार ल्याएर कामलाई निरनतरता दिएका छौं । निर्माणको कामलाई कोरोना कहरका बीचमा सिमित जनशक्तिबाटै सम्पन्न गर्न नसके पनि असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिएका छौं ।’
प्रतिष्ठा कन्टक्सन प्रा.ली काठमान्डौंले ६ करोड ८२ लाखबढीको लागतमा निर्माण सुरू गरेको सास्कृतिक डबलीको २०७८ असार ७ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ ।
निर्माण सामग्री आपूर्तीमा समस्या र कामदारको कमीका बीचमा पनि असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्नेगरी काम भईरहेको डिभिजनव बन कार्यालय पाल्पाका टेक्निकल सुपरभाइजन गौरव पौडेलले जानकारी दिए । फिनिसङ्गका लागि आवश्यका सामग्रीहरु बाहिरी जिल्लाबाट ल्याउनु पर्ने हुँदा काममा बाधा पुगेको पौडेलले बताए।
प्रदेश सरकारले डिभिजन वन कार्यालय पाल्पाको समन्वयमा निर्माण भएको डबलीमा खुला मञ्च, नाच घर लगायतका सस्कृति झल्किने स्थालहरु रहनेछन । करिब ५०० मानिस अट्ने यो नाचघर संचालनमा आएसंगै लुम्बिनी प्रदेश र देशकै पर्यटन पर्वद्धनमा टेवा विश्वाश लिइएको छ ।