तानसेन । पाल्पामा जारी निषेधाज्ञालाई जेठ ३१ गतेसम्मका लागि थपिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले पाचौं चरणमा जेठ ३१ राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
विभिन्न चरणमा गरिएको निषेधाज्ञाबाट संक्रमणमा केही न्यूनिकरण आएपनि समुदायमा संक्रमित थपिने क्रम नरोकिएको हुँदा निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।
यसअघि गरिएको बन्दाबन्दीमा बैंकहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको थिया । तर थपिएको समयावधिमा वाणिज्य बैंकहरु बिहान ७ बजेदेखि १० बजेसम्म खुला गर्ने निर्णय गरिएको छ।
यस्तै अत्यावश्यक बाहेकका सवारी संचालनमा रोक लागाईएको र खाद्यान्न तथा तरकारी पसलहरु बिहान ७ देखि १० बजेसम्म संचालन गर्न दिनईने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।