
पाल्पा ।पाल्पामा पछिल्लो समय कोरोना संक्रमण दरमा केही कमी देखिए पनि समुदाय स्तरबाट संक्रमण नियन्त्रणमा आउन सकेको छैन ।
अहिले संक्रमण मुक्त हुनेको संख्यामा वृद्धि भए पनि कोरोनासंग मिल्दो लक्षण देखिएका नागरिकले परीक्षणमा आनाकानी गर्दा जोखिम कायमै रहेको छ ।
संक्रमितहरुको संख्या घटे पनि समुदायमा फैलिएको संक्रमण अझै नियन्त्रणमा आउन नसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। अहिले जिल्लाका अधिकांश स्थानीय तहमा कोरोनाको लक्षणसहितका बिरामी रहेको हुँदा स्थानीय तह र स्वास्थ्यकर्मीले समुदायमा एन्टिजेन र पीसिआर परीक्षणका लागि पहल गर्दा समेत स्थानीयले आनाकानी गर्ने गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।
प्रकोपलाई लिएर मानिसहरूमा रहेको सोचको कारण धेरै संक्रमितहरु परिक्षणको दायरा भन्दा बाहिर रहेका छन्। कोरनासंग मिल्दो जुल्दो लक्षणहरू भएकाहरू समेत परिक्षण गर्न डराउने गरेको हुँदा आफूहरुले जति प्रयास गर्दा पनि नागरिकले परीक्षण गर्न नमान्ने गरेको तिनाउ गाउँपालिका अपाध्क्ष दमयन्ती थापाले बताईन ।
चेतनाको अभावमा रोग लुकाउने र यसलाई असहज रुपमा लिने प्रवृतिका कारण समाजमा प्रकोप थप गम्भीर बनिरहेको निश्कर्ष स्वास्थ्यकर्मीहरूको छ। केही दिनदेखि तानसेन नगरपालिकाको गरेको हरेक वडाको नमुना परीक्षणमा समेत अधिकांश वडामा न्यून संख्यामा नागरिको उपस्थिती स्वास्थ्य शाखा संयोजक झविन्द्र न्यौपाले बताए ।
अहिलेको समयमा समुदाय भित्र फैलिएको संक्रमण नियन्त्रण गर्न जनचेतनामा बृद्धि गरि परीक्षणको दायरा बिस्तृत गरिनु नै संक्रमण नियन्त्रणको प्रमख कदम हो । तर संक्रमण पुष्टि हुन साथ परिवार र समाजकले सहज रुपमा नलिने डरले परीक्षण गर्न डराउने नागरिकहरूको संख्या धेरै देखएको छ।
यसमा जनचेतना अभिबृद्धि गर्न अझै आवश्यक देखएको छ।
प्रकोप नियन्त्रणमा स्थानिय तहले थालेको प्रयास अझै प्रभाकारी नदेखिएकोले समुदाय भित्र फैलिएको संक्रमण नियन्त्रण गर्न थप प्रयासको खाचो देखिएको विज्ञहरुको भनाई छ।