पाल्पामा आईतबार एकैदिन १०५ संक्रमित थपिए, ६० जना संक्रमणमुक्त

पाल्पा । पाल्पामा आईतबार थप १०५ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । १८९ जनाको पीसीआर परीक्षणमा ८० जना र ५० जनाको एन्टिजेन परीक्षणमा २५ जना गरी १०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

त्यस्तै, स्वास्थ्य कार्यालयका अनुसार आईतबार ६० जना संक्रमणमुक्त भएका छन् ।

 

तपाईको प्रतिक्रिया