
पाल्पा । पाल्पामा पछिल्लो २४ घण्टामा १६५ जनाले कोरोना जितेका छन् ।
स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ४१ महिला तथा ७४ जना पुरुष कोरोना मुक्त भएका हुन् ।
यसतै पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।
पिसिआर विधिबाट गरिएको परीक्षणमा ९५ तथा एन्टिजेनबाट ३५ गरि ७३ पुरुष तथा ५७ जना महिलामा संक्रमण पुष्टि भएको सूचना अधिकारी पन्थीले बताए ।
एन्टिजेनमा सबैभन्दा धेरै निस्दी गाउँपालिकामा तथा पिसिआरमा सबैभन्दा धेरै तानसेन नगरपालिका तथा रैनादेवी छहरा गाउापालिकामा संक्रमित थपिएका छन् ।
हाल जिल्लाका विभिन्न आइसोलेशनमा ८४८ जना कोरोनाका सक्रिय संक्रमित रहको स्वास्थय कार्यालयले जनाएको छ।