
पाल्पा । हेफरइन्टरनेशनल नेपालले पाल्पाका १० स्थानीय तहलाई १ करोड ४९ लाख सहयोग गरेको छ ।
उक्त संस्थाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा सहयोगार्थ सबै स्थानीय तहलाई सहयोग गरेको जनाएको छ ।
सबैभन्दा धेरै तानसेन नगरपालिकालाई ४० लाख सहयोग गरेको छ । यस्तै रामपुर नगरपालिका, तिनाउ, पूर्वखोला, निस्दी, रिब्दीकोट ररम्भा गाउँपालिकालाई १५।१५ लाख सहयोग उपलब्ध गराएको हेफरनेपाल कार्यक्रम प्रबन्धक अनन्त सिलवालले बताए।
माथागढी १० लाख, बगनासकाली ररैनादेवी छहरा गाउँपालिकालाई भने ४ लाख ५० हजारकोदरलेरकम प्रदान गरिएको छ ।
जिल्लाका सबै स्थानीय तहमा प्रदान गएिको रकमबाट कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि सामग्री खरिद तथा संरचना निर्माण गरिने भएको छ।
हेफर नेपालले लुम्बिनी प्रदेशमा ५ करोड ३ लाख रुपैयाँ बितरण गर्ने कार्यक्रम राखेकामा सबैभन्दा धेरै पाल्पा जिल्लाका लागि सहयोग गरेको जनाएको छ।
रकम प्राप्त भएसंगै स्थानीय तहहरुलेअक्सिजन सिलिण्डर, अक्सिजन रिफिल, भेन्टिलेटर, पिपिईसेट, अक्सिमिटरलगायतमा खर्च नर्न सहज भएको हुँदा स्थानीयलको जीउ ज्यान जोगाउन यो सहयोगले ठूलो राहत मिल्ने विश्वास गरेका छन् ।