पाल्पा । स्याङ्जाको भालुपहाडमा गएको पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण फेदीखोला २ को भालुपहाडमा पहिरो खसेकाे थियो । प्रहरी र स्थानीयकाे पहलमा पहिराे पन्छाए पनि  दुवैतर्फ सवारी साधन सुचारु हुन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

राति २ बजे ठुलो चट्टान सहित पहिरो खसेको थियो । सडक डिभिजन पोखराबाट ल्याइएको डोजर, प्रहरी र स्थानीयवासीको सक्रियतामा राजमार्ग एकतर्फी खुलाइएको हो ।

पछिल्लो समय सडक चौडा बनाउन राजमार्गको विभिन्न स्थानमा सडक खनिएको कारण राजमार्गमा यात्रा गर्न निकै जोखिम हुन थालेको छ । राजमार्ग अन्तर्गत बुटवल पोखरा सडकखण्डमा स्याङ्जा भित्र मात्र दर्जन भन्दा बढी स्थानमा पहिरोको जोखिम बढेको यात्छरुहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया