तानसेन । पाल्पामा जारी निषेधाज्ञालाई असार १२ गतेसम्मका लागि थप गरिएको छ ।
सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले छेटौं चरणमा केही खुकुलो गर्दे निषेधाज्ञा थप गरेको हो ।
पाचाैं चरणम्म गरिएको निषेधाज्ञाबाट संक्रमण्मा केही कमी आए पनि नियन्त्रण भने नभएको हुँदा केही खुकुलो पारेर बन्दाबन्दी थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।
यस्तै यसअघि दैनिक रुपमा ३ घण्टामा मात्र खोलिदै आएका तरकारी, खाद्य र विकास बैकहरु दैनिक ४ घण्टा खुल्ने भएको प्रजिअ पाण्डेले बताए ।
यस्तै वित्तिय संस्था, बीमा कम्पनी दैनिक ४ घण्टा खोल्ने तथा निर्माण सामग्रीका सवारीहरु समेत संचालन गर्नका लागि स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो पारेको छ ।
हाल संचालनमा रहेका बैंक तथा वित्तिय संसथा तथा तरकारी, फलफू, खाद्यान्न पसलसंगै पुस्तक पसलहरु दैनिक बिहान ७ बजेदेखि ११ बजेसम्म संचालन गर्न स्थानीय प्रशासने अनुमति दिएको छ ।
तर स्वास्थय मापदण्डको पालनामा जोड दिन र अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन पनि स्थानीय प्रशासनले जिल्लाबासीमा निर्देशन दिएको छ ।
हेर्नुहाेस निर्णयहरूः