
तानसेन । रामपुर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न संघीय सरकारले बजेट दिने भएकाे छ । जिल्लाकाे पूर्वी भेगकाे एकमात्र अस्पताल रामपुर अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि संघीय सरकारले ७५ लाख दिने सहमति प्राप्त भएको हो ।
यस्तै रामपुर अस्पतालमा एचडिओ स्थापनाका लागि समेत ७५ लाख बजेट निकासा सहमति भएको पाल्पा क्षेत्र नं. १ बाट निर्वाचित सासंद दलबहादुर रानाले जानकारी दिए ।
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट र एचडिअाे स्थापना भएसंगै रामपुर अस्पतालका लागि समेत साे सेवा उपलब्ध गराउन गरेकाे अाग्रह अनुसार साे सुविधा उपलब्ध गराउन सरकारले बजेट दिने भएकाे रानाले बताए ।
सहमति भएसंगै कोरोना संक्रमित बिरामीको उपचार गर्नका लागि सहज हुने अपेक्षा गरिएकाे छ ।