तानसेन । पाल्पामा एक जना पुरुष खोला छेउमा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार तिनाउ गाउँपालिका वडा नं. ३ को तिनाउ खोला नजिकै अन्दाजी ३० वर्षको पुरुष मृत फेला परेका हुन् ।

शुक्रबार बिहान मृत अवस्थामा फेला परेका उनको अहिलेसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

घटनाबारे थप अ अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया