तानसेन । रामपुर नगरपालिकाको नवौँ नगर सभाबाट आगामी आर्थिक वर्षका लागि ७४ करोड, ६४ लाख, ६१ हजार बराबरको अनुमानित बजेट सार्वजनिक भएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरबासीको आधारभूत स्वास्थ्यलाई पहिलो प्राथमिकता दिईएको बताएका छन् ।
उनले कोरोना विरुद्धको लडाई अहिलेको आवश्यकता भएकोले जनताको जीवन रक्षा गर्नका लागि नगर सरकारले आधारभुत स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताए ।
नगरप्रमुख थापाले विभिन्न कारण विदेशबाट रोजगारी गुमाएर घर फर्किएका युवाहरुका लागी उत्पादनशिल कार्यमा लगाउन कृषि तथा उद्यम व्यवस्थापन गरि आयआर्जन तथा रोजगारको व्यवस्थापनमा निति तथा कार्यक्रममा प्राथमिकता दिईएको बताए ।
कोभिडको कारण मृत्यु भएका परिवारको सदस्यलाई व्यवसायिक कृषि तथा पशुपन्छीपालनमा अनुदान, पूर्वाधार विकास तर्फ प्रत्येक वडामा एक गौरवको योजना, अन्तरपालिका साझेदारी कार्यक्रमलाई निरन्तरता, टोलको पहिचान र वडा समितिको प्राथमिकतामा सिफारिस भएका योजनाहरु कार्यान्वयनका लागि बजेट उपलव्ध, सडक बत्ती जडान गर्ने कार्यलाई निरन्तरता, स्थानीय सडक र ग्रामीण सडक र कृषि सडकलाई स्तरोन्नती गर्ने जस्ता कार्यलाई प्राथमिकतामा राखेको नगरप्रमुख थापाले बताए ।
नगरपालिकाले शिक्षाको सुधारको लागि प्रत्यक्ष रुपमा सिकाइ नहुने अवस्थामा बैकल्पिक सिकाइ सहजिकरणलाई प्रभावकारी बनाई अध्ययन अध्यापनमा दुर शिक्षा र प्रविधिको प्रयोग समेत गर्ने नीति अवलम्बन गर्ने भएको छ । “एक वडा एक बालमैत्रि कक्षाकोठा” भन्ने नाराका साथ प्राथमिक विद्यालयका सम्बन्धित शिक्षकहरुलाई बालमैत्रि शिक्षण तालिम दिइने भएको छ । शहिद बहुमुखी क्याम्पसलाई उच्च शिक्षाको शैक्षिक हवको रुपमा विकास गर्न आवश्यक पहल गर्ने भएको छ ।
मेयरसँग बालबालिका कार्यक्रम मार्फत एक विद्यार्थी १ गमला कार्यक्रम सञ्चालन गरिने भएको छ । “हाम्रा जनप्रतिनिधी, हाम्रा शिक्षक हाम्रा बाबुनानीको संरक्षक” कार्यक्रम मार्फत छात्रवृत्ति वितरण, विद्यालयमा वडा अध्यक्ष अतिरिक्त क्रियाकलाप कार्यक्रम गरिने भएको छ ।
आगामी आर्थिक वर्ष देखि नै सामुदायिक बालविकासमा कार्यरत सहयोगी कार्यकर्ता न्यूनतम तलब १५ हजार प्रदान गरिने भएको छ । नगरपालिका भित्रका सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्ट (मापदण्ड) पुगेका विद्यालयलाई नगर नमुना विद्यालय घोषणा गरी कम्तीमा तीन वर्षमा नगरपालिकाले तोकिएको रकम विनियोजन गरिने भएको छ ।
त्यस्तै स्वास्थ्य तर्फ नगरका सम्पूर्ण नागरिकहरुको स्वास्थ्य सुरक्षाको लागि एंव कोभिड–१९ बाट सुरक्षित राख्न खोप खरिदको लागि आवश्यक पहल गर्ने नीति लिएको छ । महिला स्वास्थ्य स्वंयम सेविका तथा स्वास्थ्यकर्मीलाई सुविधा थप र पुरस्किृत गर्दै नमूना स्वास्थ्य संस्थाहरुमा अवलोकन भ्रमणको व्यवस्था मिलाईनेछ र ६० वर्ष उमेर पुगेका म।स्वा।से लाई प्रोत्साहन सहित स–सम्मान विदाई गरिने भएको छ । चूर्ण औषधी निर्माणको थालनी समेत गर्ने नीति लिएको छ । एम्बुलेन्स सेवा उपलब्ध गराउनका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।
शुद्ध खानेपानीमा पहुँच भएको जनसंख्या बृद्धिका लागि सह–लगानीका खानेपानी आयोजनामा नगरपालिकाको तर्फवाट सहभागिता जनाउने नीति अवलम्वन गरेको छ । सबै प्रकारका धार्मिक संरचनाहरु मठमन्दिर, मस्जिद चर्चको संरक्षण तथा संबर्द्धनका लागि भौतिक अवस्था पहिचान गरि आवश्यकताको आधारमा भवन निर्माणरमर्मत शिर्षकमा रकम विनियोजन गर्ने भएको छ ।
एक वडा एक खेलकुद मैदानको अवधारणालाई अगाडी बढाइने भएको छ । वडा र नगरस्तरमा युवा समिति गठन गरी नमुना युवा संसद सञ्चालन गरी शुरु देखि नै युवाहरुलाई सरकारका अंगहरुको अभ्यास गराई युवाहरुलाई सामाजिक कार्यमा समर्पित गराइने नीति लिएको छ ।
“उप–मेयरको कोसेली–सिपबाट हुनेछ दिगो आर्थिक आम्दानी“ भन्ने नारालाई आत्मसाथ गर्दै उप–मेयर कासेली कार्यक्रम शिर्षक अन्तरगत महिलाहरुका लागि न्यूनतम सशक्तिकरणका आयामहरु ९लैगिंक समता, प्रजनन स्वास्थ्यता, जीवनोपयोगी शिक्षा, पुगीसरी सम्पन्नता र संस्थागत सहभागीता० लाई अबलम्बन गर्दै क्षमता विकास, सिप तथा व्यवसायीकता विकास तालिमहरु सँगै महिलामैत्री व्यवसायीक उपकरणहरु उपलब्ध गराईने नीति लिएको छ । कृषि तर्फ एक वडा एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिएको छ । बाँदरको समस्या रहेको क्षेत्रमा अदुवा- बेसार, कागती तथा अन्य नगदेबालीलाई प्रोत्साहन गर्ने भएको छ । नगर प्रमुख थापाले प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रम नगरसभा बाट सर्वसहमतिले पारित गरेको हो ।
रामपुरको बजेट ७४ करोड ६४ लाख ६१ हजार
यस्तै नगर सभामा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्यले आगामी आर्थिक बर्ष २०७८-०७९ का लागी ७४ करोड ६४ लाख ६१ हजार बराबरको बजेट प्रस्तुत गरिन। कुल बजेट मध्य ६४ दशमलव ११ प्रतिशत चालु तर्फ र ३५ दशमलव ८९ प्रतिशत पूँजीगत तर्फको रहेको छ । नगर सभाले क्षेत्रगत रुपमा बजेट विनियोजन गरेको छ ।
बजेट प्रस्तुत गर्र्र्दै उपप्रमुख घिमिरे आचार्यले पूर्वाधार विकास अन्तर्गत सडक तर्फ ४ करोड ९ लाख ५५ हजार, , भवन तथा शहरी विकास तर्फ १ करोड ३३ लाख ५५ हजार रुपैयाँ, सिंचाई तर्फ ७३ लाख रुपैयाँ, उर्जा तथा विद्युतिकरण तर्फ ४९ लाख ५० हजार रुपैयाँ, सामाजिक विकास अन्तर्गत शिक्षा तर्फ २५ करोड ४३ लाख ५० हजार रुपैयाँ, स्वास्थ्य तर्फ ५ करोड ७० लाख पाँच हजार रुपैयाँ, खानेपानी तथा सरसफाई तर्फ २ करोड ५ लाख ५७ हजार रुपैयाँ, संस्कृति प्रबद्र्धन तर्फ ६५ लाख ९० हजार रुपैयाँ , खेलकुद तथा मनोरन्जन तर्फ ४० लाख ६० हजार रुपैयाँ, लैंगिक समानता तथा सामाजिक समावेशीकरण तर्फ ५७ लाख ७० हजार रुपैयाँ, अर्थिक विकास अन्तर्गत कृषि तथा पशु तर्फ १ करोड ९ लाख ७० हजार रुपैयाँ , उद्योग तथा बाणिज्य तर्फ ५६ लाख ६० हजार रुपैयाँ , पर्यटन क्षेत्र तर्फ ४८ लाख ८० हजार रुपैयाँ, प्रधानमन्त्रि रोजगार कार्यक्रम र युवा रोजगारी रुपान्तरण प्रयोजन तर्फ ८६ लाख रुपैयाँ र वातावरण तथा विपद् व्यवस्थापन तर्फ १ करोड रुपैयाँ गरी ७४ करोड ६४ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन ।
आवश्यक खर्च व्यवस्थापनको लागि संघिय सरकार बाछ वित्तिय समानिकरण अनुदान १२ करोड ६० लाख, सशर्त अनुदान ३१ करोड २८ लाख, विषेश अनुदान १ करोड २५ लाख, प्रदेश सरकार बाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान ६० लाख १३ हजार, सशर्त अनुदान १ करोड १५ लाख ४४ हजार, समपुरक अनुदान २ करोड, विशेष अनुदान ७० लाख, राजश्व बाँडफाँड मुअकर ४ करोड ३९ लाख २ हजार, अन्तशुल्क ४ करोड ३९ लाख, आन्तरिक आय १५ करोड मार्फत गर्न लागेको छ ।
त्यस्तै कार्यक्रममा राजश्व परामर्श समितिको वार्षिक प्रतिवेदन संयोजक विष्णुदेवी घिमिरे आचार्य, पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन संयोजक हिमाल मल्ल, आर्थिक विकास समितिको प्रतिवेदन संयोजक हुमनाथ न्यौपाने, सामाजिक विकास समितिको प्रतिवेदन समिति सदस्य मिन बहादुर सिंजाली, सार्वैजनिक सेवा तथा सुशासन विकास समितिको प्रतिवेदन संयोजक मित्रलाल कंडेल, न्यायिक समितिको प्रतिवेदन सदस्य विष्णु प्रसाद वस्याल र वन विद्येयक २०७८ विपद् व्यवस्थापन समिति संयोजक तारा बहादुर थापाले प्रस्तुत गरेका थिए ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले नगरको आवधिक योजना निर्माण संगै जनप्रतिनिधी र कर्मचारीहरुको लागि क्षमता विकासको कार्यक्रममा पनि ध्यान दिनु आवश्यक रहेको बताए ।
खोप खरिदका लागि २ करोड
रामपुर नगरपालिका कोरोना विरुद्धको खोप खरिदको लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । हाल सम्पन्न नवौं नगरसभाले स्वास्थ्यलाई पहिलो प्राथमिकता राख्दै सार्वजनिक गरेको ७४ करोड ६४ बराबरको बजेटबाट खोप खरिदका लागि दुई करोड विनियोजन गरेको हो ,।नगरबासीको जीवन रक्षाका लागि खोप खरिद गर्न रकम विनियोज गरिएको नगरप्रमुख रमण बहादुर थापाले बताए ।
हाल संघीय सरकारले खोपको व्यवस्था गर्ने जनाए पनि नगरपालिकाले नगरबासीलाई सुरक्षित राख्न खोप खरिदको लागि आफै बजेट छुट्याएको नगर प्रमुख थापाले बताए ।