
तानसेन । पाल्पामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ५९ पुरुष तथा ३९ जना महिलामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ र पिसीआरमा विधिबाट गरिएका परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा थप ११ संक्रमित भने कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । हाल जिल्लामा ४६० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन भने हालसम्म १०६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।