रिडीमा मोटरसाइकल धुने क्रममा करेन्ट लागेका पुरूषकाे मिसन अस्पतालमा मृत्यु

तानसेन। गुल्मीको रिडीमा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुरुक्षेत्र गाउँपालिका वडा नं.–१ रिडीका ४० वर्षका सुन्दर श्रेष्ठ रहेको प्रमहरलिे जनाएको छ ।

शनिबार रिडी बजारस्थित विनोद मोटर पार्टस ग्यारेजमा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर गम्भीर घाइते श्रेष्ठको तानसेनस्थित युनाईटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले भनाई छ ।

तपाईको प्रतिक्रिया