
पाल्पा। तानसेन नगरपालिका-५ होलाङ्दीमा कालोपत्रे गर्ने क्रममा आगोलागी हुँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा गुल्मीकाे ईस्मा गाउँपालिका २ का २० वर्षीय बासु मुखिया र सोही स्थानकाका २१ वर्षीय तेज बहादुर कुमाल रहेका छन् ।
आइतबार दिउसो होलाङ्दी-ढुङ्गाखानी भित्र सडक खण्ड पिच गर्ने क्रममा लु २ क ४३६९ नम्बरको डिस्टिब्युटर सवारी अलकत्र बिछ्याउदा अचानक आगलागी हुँदा सोही स्थनामा काम गरिरहेका श्रमिकहरु घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभौयाँका अनुसार लेवर काम गर्ने २ जना व्यक्तिहरु घाईते भएकोमा निज घाईतेहरुलाई उपचारको लागि युनाईटेड मिसन अस्पतालमा पठाईएको छ । आगो निभाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।