तानसेनको खानेपानीलाई नगरपालिकाले जिम्मेबारी सुम्पिनु पर्ने

पाल्पा । तानसेनको खानेपानीलाई थप व्यवस्थित गर्न नगरपालिकाले जिम्मेबारी सुम्पिनु पर्ने बताइएको छ ।

उपभोक्ता समिति मार्फत सञ्चालित खानेपानी वितरण प्रभावकारी नभएकोले समितिको विकल्प खोज्नुपर्ने  भएको छ । अधिकाँश सहभागीले तानसेन नगरपालिकाले नै खानेपानीको जिम्मेबारी लिनुपर्ने तर्क राखेका थिए ।

तानसेन खानेपानी ब्यबस्थापनका लागि नागरिक परामर्श समितिको आयोजनामा तानसेन खानेपानीको सु सञ्चालनको सम्बन्धमा पत्रकार, नागरिक समाजका अगुवा र सरोकारवालाहरुसँग अन्तरक्रिया एबम् सुझाब संकलन कार्यक्रममा तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेबी पाठकले नागरिकले पैसा तिरे पनि पानीका लागि धारामा धाउनुपर्ने गुनासो आएको बताइन ।

१४ दिनसम्म धारामा पानी नआउदा नारायणस्थानमा पानी बोक्नुपर्ने तानसेन बासीको समस्या नहटेको उपप्रमुख पाठकको भनाई ।

तानसेन नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले तानसेन नगरपालिका तथा समितिबाट खानेपानी वितरणको जिम्मेबारी सम्हाले पनि नागरिकले सहज रुपमा सुविधा प्रयोग गर्न पाउनुपर्ने बताए ।

कार्यक्रममा नागरिक अगुबाहरु भेषराज सुबेदी, पुस्कर रेग्मी, मीन बहादुर केसी, सुर्य बोहोरा, नेपाल पत्रकार महासघका अध्यक्ष रेखीराम राना, प्रेस युनियनका अध्यक्ष भरत शर्मा, प्रेस चौतारीका अध्यक्ष राजेन्द्र लिगल लगायतले विकास समितिको मोडेलमा काम गर्न सकिने बताए ।

तानसेन खानेपानी व्यवस्थित गर्न होटल ब्यबसायी, राजनीतिक दलका प्रमुख तथा खानेपानी समितिका पदाधिकारीसँछ छलफल गर्ने कार्यक्रम रहेको नगरपालिकाका बरिष्ठ अधिकृत दुर्गा थापाले बताए ।

तानसेनमा बर्षायाम समेत खानेपानी धारामा नआउदा उपभोक्ता चिन्तित बन्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer