पाल्पाको रिब्दीकोट गाउँपालिकाले अनलाईनबाट पठनपाठन

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले अनलाईनबाट पठनपाठन सुरु गर्ने थालेको छ ।

कोभिड १९ का कारण भौतिक उपस्थितिमा पठनपाठन नहुँदा विद्यार्थीहरु पढ्नबाट बञ्चित भएका थिए ।

निषेधाज्ञाकाले विद्यालयहरु बन्द भएपछि विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिन अनलाइन पठनपाठन गर्न लागिएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताए ।

पहिलो चरणमा कक्षा ९ र १० का विद्यार्थीहरुलाई जुमबाट सिकाईमा निरन्तरता दिलाइने गाउपालिकाका अध्यक्ष नारायण जिसीले बताए ।

विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिन शिक्षक महासंघ रिब्दीकोट र गाउपालिकाको छलफलबाट अनलाईन कक्षा संचालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख मणि प्रसाद खनालले बताए ।

शिक्षक महासंघका प्रतिनिधी र गाउपालिकाका प्रतिनिधी बीचको छलफलले असार १६ गते देखि अनलाईन जुमको सहायताबाट पठनपाठन गराउने निर्णय भएको शाखा प्रमुख खनालको भनाई छ । गाउपालिकाले एक सूचना जारी गर्दै आगामी असार १६ गते देखी पहिलो चरणमा जुमको माध्यमबाट पठनपाठन गराउने भएको छ ।

विद्यालयहरुले रोष्टर शिक्षकहरु गर्ने र विद्यार्थीहरुलाई जुमबाट पढ्ने तरिका, आइडी तथा पासवर्ड उपलब्ध गराएर सिकाइलाई निरन्तरता दिइनेछ । विषयगत शिक्षकहरु तथा विद्यार्थीहरुलाई १५ गते भित्र जुम आइडीको बारेमा सिकाउनेछ ।

तपाईको प्रतिक्रिया