
तानसेन । रामपुर नगरपालिकाले कुनै पनि हालतमा कालगिगण्डकीको पानी अयन्त लैजान नदिने जनाएको छ ।
कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको कार्यालय खुलेसंगै कालीगण्डकीमा पानीजहाज संचालन हुनु स्वागतयोग्य भए पनि पानीलाई अयन्त्र लैजान नदिने रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले बताए ।
कालीगण्डकीको पानी डाइभर्सन गरेर अन्यत्र लाने कुरामा जुनसुकै चुनौती व्यहोर्न पनि आफूहरु तयार रहेको नगरप्रमुख थापाले बताए ।
थापाले भने, ‘कालीगण्डकी हाम्रो संस्कार, संस्कृति र सभ्यता हो यसको रक्षाका लागि हामी जुनसुकै चुनौती व्यर्होन तयार रहेको छौं ।’ उनले डाइभर्सन गर्न नदिने कुरामा नगरगबासी एकजुट रहेको पनि प्रष्ट पारे ।
हाल चर्चामा रहेको यस बिषयमा रामपुर क्षेत्रका स्थानीयले पनि यसको बिरोध गरेका छन् । खासगरी लुम्बिनी प्रदेश र गण्डकी प्रदेश बीचको यो कार्यमा तालमेल नहुँदा रामपुर क्षेत्रका स्थानीयले आफूहरु सुख्खा मरुभुमीमा परिणत हुने चिन्तामा परेको बताएका छन् ।
उत्तरबाहिनी भएर बगेको कालीगण्डकी धार्मिक रुपमा धेरै महत्व रहेको हुँदा यो आयोजना संचालनमा रोक लगाउन पनि स्थानीयले संघीय सरकारसंग माग गरेका छन् ।