रामपुर । स्याङ्जाको चापाकोट नगरपालिका वार्ड नं ८ दामाचौरमा ३ दिने च्याउ खेती सम्बन्धि तालिम आजदेखि शुरु भएको छ ।

भूमि ब्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको आर्थिक सहयोग, जिल्ला सहकारी संघ स्याङ्जाको पहल र कालीगण्डकी गाउँपालिका मार्फत उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्र दामाचौरले ३ दिने तालिम संचालनमा ल्याएको हो।

स्थानीय तहमै गाउँघरमा सजिलै पाइने परालको उपयोग गरि घरमा सरल तरिकाले उत्पादन गर्न सकिने र यसबाट आर्थिक रुपमा पनि सबल हुन सक्ने भएकाले आजभोलि कृषकहरु पनि च्याउ खेतीतर्फ लालयित हुने गरेका छन ।

कोभिड १९ को दोस्रो लहर सुरु भए यता लकडाउन पछिको जनजिबन प्रभावित भएपछि घरमै बस्न बाध्य भएका स्थानीयहरुलार्इ लकडाउन खुकुलो पारिए लगत्तै समय सदुपयोगसंगै आर्थिक उन्नति हुने देखिएपछि नगरपालिकाले तोकेको सामाजिक मापदण्ड अपनाएर तालिम सन्चालनमा ल्याइएको हो।

ूतालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथी चापाकोट नगरपालिका ८ का वार्ड अध्यक्ष नबराज श्रेष्ठले तालिममा सिकेका ज्ञान सिपको सदुपयोग गरी आर्थिक तथा सामाजिक हौसित उकास्न सफल हुनुपर्ने बताए ।

कार्यक्रममा २७ जना प्रशिक्षार्थीको सहभागिता भएको थियो । तिनदिने च्याउ खेती तालिमको आज पहिलो दिनमा उनिहरुले च्याउ खेती कसरी गर्ने र त्यस्लाइ घरमै उत्पादन गर्नका लागि के कस्ता आवस्यक सामग्री को प्रयोग गर्ने जस्ता विषयमा छलफल भएको थियो ।

केन्द्रिय सहकारी बोर्ड कि सदस्य सरस्वती भट्टराई , जिल्ला सहकारी बोर्डका अध्यक्ष लक्ष्मीपती पौडेल , उपकार साकोसका अध्यक्ष लगायतले तालिममा सिकेका कुरा ब्यबहारिक रुपमा प्रयोग गर्न अरुलार्इ पनि सिकाउन सक्ने बन्नुपर्ने बताए ।

उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष गोकर्ण प्रसाद भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता चापाकोट नगरपालिका ८ दामाचौरमा रहेको सेवा केन्द्रका संयोजक राजिब कुमार अर्याल रहेका थिए ।

बेरोजगारी अनि कोरोनाको माहामारिको बेला घरमै बस्न बाध्य भएका स्थानीयलाई कम लागतमा गाउँघर मै उपलब्ध सामाग्रीबाट उत्पादन गरि आर्थिक क्षेत्रमा मनग्ये आम्दानी समेत लिनसक्ने ेकेन्द्रका संयोजक अर्यालले बताए । तालिमको सन्चालन उपकार बचत तथा ऋण सहकारी संस्था प्रमुख शाखाका प्रमुख झलक नारायण पाण्डेले गरेका थिए ।

तपाईको प्रतिक्रिया