कालीगण्डकी नदी डाइभर्सन गरे जनता बिरोधमा उत्रिन्छन्ःअध्यक्ष भण्डारी (भिडियोसहित)

तानसेन । कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको चर्चा हाल देशभर नै चलेको छ ।

कालीगण्डकी नदी क्षेत्रका स्थानीयले भने यसको खुलेर बिरोध गरेका छन् । पाल्पाको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले कालीगण्डकी डाइभर्सन परियोजना सुरु नर्गन संघीय सरकारलाई अनुरोध गरेका छन् ।

परियोजनाले आर्थिक, धार्मिक, सास्कृतिक र पर्यटकीय पक्षलाई वेवास्ता गरेको भन्दै परियोजना रोक्नुपर्ने उनले बताए । कालीगण्डकी नदी विश्वमा एकमात्र महत्वपूर्ण नदी भएको हुँदा यसको महत्व बुझ्नुपर्ने उनले बताए ।

पूर्वीय दर्शनमा समेत कालीगण्डकीको महत्व उल्लेख गरिएको हुँदा उत्तर बाहनिी भएर बगेको नदीलाई कृत्रिम रुपमा अयत्र लैजानु उपयुक्त नहुने उनले बताए । अध्यक्ष भण्डारीले भने, “कालीगण्डकी क्षेत्रलाई धार्मिक पर्यटकीय गतव्य निर्माणका लागि हामीहरु तयार छौं । यो परियोजना अघि बढेमा जनताहरु नै यसको बिरोधमा उत्रिने छन् । जस्ले गर्दा यसले दुरगामी असर पुर्याउने छ ।”

 

राम्दीदेखि देवघाटसम्म नदी क्षेत्रमा धेरै नै धार्मिक महत्व बोकेका स्थालहरु रहेका हुँदा त्यसको संरक्षणका लागि पनि डाइभर्सन रोक्नुपर्ने उनले बताए ।

नदि डाइभर्सन गरेमा वातावरण समेत विग्रने हुँदा परियोजनालाई कुनै पनि बहानामा अघि नबढाउन पनि उनले आग्रह गरेका छन् । यस्तै रामपुर नगरपालिकाले समेत परियोजना रोक्नका लागि संघीय सरकारलाई अनुरोध गरेको छ ।

यसका साथै गण्डकी प्रदेश सरकारले समेत यो परियोजना रोक्नका लागि माग गर्दे विभिन्न चरणका छलफलहरु हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया