
रामपुर । जिल्लाको रामपुर नगरपालिका ४ मा जुनतारा आमा समूहद्वारा फलफुलका विरुबा वितरण गरिएको छ ।
समुहका सदस्यहरुलाई आँप, लिची र कागतीको बिरुवा बितरण गरिएको हो ।
एक घर एक फलफुल भन्ने नाराका साथ पाँच सय विरुबा वितरण गरिएको हो ।
सानो लगानीबाट फलफुलको खेती गरी महिलाहरुलाई आत्मनिर्भर बनाउन यो अभियान सञ्चालन गरिएको हो ।
आमाहरु आर्थिक रुपमा सक्षम हुँदा सिंगो परिबार आर्थिक। सामाजिक रुपमा नै अग्ररणीय भूमिकामा रहने छन् ।
रामपुर नगरपालिकालाई हराभरा गराउने योजना छ । फलफूल खेतीबाट समुहका सदस्यहरुको आत्मनिर्भर बनाउनका लागि फलफुल वितरण गरिएको हो ।
भु–तथा जलाधार ब्यबस्थापन डिभिजन कार्यालय तानसेन पाल्पामा मागपत्र पेश गरि बिरुवा उपलब्ध गराएको र आफ्नो आमा समुहको सदस्यलाई मात्र नभइ दर्छा कालिका मगर समुहका प्रत्येक सदस्यहरुलाई समेत बिरुवा बितरण गरेको जुनतारा आमा समुहकी अध्यक्ष दुर्गा देवि रानाले बताइन ।
भौतिक संरचना निर्माणका क्रममा रुखहरु ढाल्दा प्राकृतिक रुपमा ठुलो असर परेकोले यसको संरक्षण गर्न सकिने रानाले बताइन ।