
तानसेन । सिद्धार्थ राजमार्ग अन्तरगत चर्चरे नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टिपर चालक पूर्वखोला गाउँपालिका वडा नं. ५ बिरकोटका २६ वर्षीय सुदीप गैरे रहेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान पाल्पाबाट चुनढुङ्गा लोड गरीबुटवलतर्फ जाँदै गरेको लु २ ख ८२० को नं.को टिपर सडकदेखि अन्दाजी ३०० मिटर तल खोलामा खस्दा घाईते भएका गैरेको उपचारका लागि अस्पताल पुर्यादा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।
चालक गैरेलाई प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा पुर्याउदा डाक्टरले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।
