
काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य फेरी बढेको छ ।
नेपाल आयल निगमले आज मध्यरातिबाट लागूहुने गरि सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
खाना पकाउने ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ महँगिदा प्रतिशिलिण्डर काठमाडौंमा १४ सय २५ पुगेको छ । यस्तै पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा दुई–दुई रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा भने १९ डलर प्रतिकिलोलिटरका दरले मुल्य बढेको छ ।
मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय २९, डिजेल र मट्टीतेल समान एक सय १२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
आन्तरिक हवाई इन्धन ८४ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन सात सय ५४ डलर प्रतिकिलोलिटर तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय २५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।