तानसेन। तिनाउ गाउँपालिका-५ गिट्टी खानीको पहिरोमा घाईते भएकी एक महिलाकाे उपचारका क्रममा  मृत्यु भएको छ ।

यो संगै उक्त पहिरोका कारण मृत्य हुनेको संख्या तिन पुगेको छ ।

बिहीबार बिहान आएको पहिरोमा परि घाईत एकी ७५ वर्षीया सुन्दरी गुरुङको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले दिएको जानकारी अनुसार पहिरोमा पुरिएर गम्भीर घाइते भएकी गुरुङको शुक्रबार राती उपचारका क्रममा मृत्यु भएको हो ।

उनको शव पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको पनि प्रहरीले जनाएको छ ।

पहिरोमा परेर ४५ वर्षीय वीरबहादुर गुरुङ र ४ बर्षीय आरोप परियारको यसअघि नै मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया